कोशीमा ‘तारा’को अस्तित्व नै संकटमा: प्रत्यक्षका २८ मध्ये एक सिट पनि नजित्ने पक्का

प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा कतै पनि ‘तारा’ (नेपाली कम्युनिस्ट पार्टी)ले जीत हासिल गरेको छैन । २२ वटा दलसँग एकता गरेर ठूलो शक्ति बनेको दाबी गर्ने नेकपा यो पटक कोशीमा शून्य हुने निश्चित भएको हो । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तीन क्षेत्र जितेको तत्कालीन माओवादी केन्द्र (हाल नेकपाको मुख्य घटक) यो पटक प्रतिस्पर्धामा समेत आउन सकेन । सोलुखुम्बुबाहेक अन्य कुनै पनि क्षेत्रमा यो पार्टी दोस्रो स्थानमासमेत आउन नसकेको हो । पर...