महोत्तरी-३ मा रास्वपाका उज्जवल झा निर्वाचित

महोत्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।  मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उनले ३२ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।     उनका निकटतम् प्रतिस्पर्धी नेपाल संघीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याए ।  स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत, नेपाली कांग्रेसका उम्मेदवार बजरङ्ग नेपालीले चार हजार ३२४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चारवटा निर्वाचन क्...