सिरहा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शम्भुकुमार यादव प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । निर्वाचन अधिकृत डा. श्रीप्रकाश उप्रेतीका अनुसार यादवsiraha ३२ हजार २४९ मत प्राप्त गरी विजयी भए । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यादवका निकटतम् प्रतिस्पर्धीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का लीलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरे । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विश्वनाथ साहले नौ हजार ९४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार सुभाषचन्द्र यादवले नौ हजार ८७९...