ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल विजयी भएका छन् । उनी ३९ हजार ४९१ मत प्राप्त गर्दै निर्वाचित बनेका निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमेकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरे ।  यस्तै, ​उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकार ५ हजार ५४७ मत प्राप्त गर्दै तेस्रो बनेका छन् ।