उदयपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरसहित उनी निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बलदेव चौधरीले १० हजार २१ मत, नेपाली कांग्रेसका विदुर बस्नेतले नौ हजार ६७५ र नेकपा एमालेका दुर्गाकुमार थापाले नौ हजार २०६ प्राप्त गरेका छन् ।