बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भएका छन् । काभ्रेपलाञ्चोक–१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याए । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौतमले १४ हजार १८४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अमि लामाले १३ हजार ८१४ मत प्राप्त गरे । यसैग...