सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् । निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत प्राप्त गरे ।