ऐतिहासिक उपलब्धिको सँघारमा रहेका दुई अब्बल टोलीबीच उपाधि भिडन्त

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज (आइतबार) आयोजक भारत र न्युजिल्यान्डबीच हुँदैछ । फाइनल खेल नेपाली समयअनुसार, साँझ १९:१५ बजे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा शुरू हुनेछ । फाइनलमा पुगेका यी दुवै टोलीले फरक विशेषता बोकेका छन् । एकातिर, भारतले यसअघि दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेको छ भने अर्कोतिर, न्युजिल्यान्डले हालसम्म आईसीसी विश्वकप (टी–२० र एकदिवसीय)को उपाधि चुम्न सकेको छैन । न्युजिल्यान्ड र भारतमध्ये जुन टोलीले उपाधि जिते पनि इतिहास रच्नेछन् । न्युजिल्यान्डका लागि...