कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

गत भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न बनेको आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर आयोगका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।  आयोगले झण्डै ६ महिना लामो अनुसन्धान एवं जाँचबुझ गरेर प्रतिवेदन बुझाएको हो ।  सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गत असोज ५ गते जाँचबुझ आयोग गठन गरेको थियो ।  तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरू, केही जिल्लाका सीडीओओलगायतसँग आयो...