बाजुरामा कांग्रेसका गिरी विजयी, हेमराज थापा तेस्रो

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार लालबहादुर थापाले १६ हजार ६३३ मत ल्याएका मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाशबहादुर शाहले तीन ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)...