दश हजार पानाको प्रतिवेदन बुझाएपछि आयोगका सदस्यले भने- गल्ती गरेकालाई कारबाही सिफारिस गरिएको छ

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरू आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो । आयोगले झण्डै ६ महिना लामो अनुसन्धान एवं जाँचबुझ गरेर प्रतिवेदन बुझाएको हो ।  प्रतिवेदनमा गल्ती गर्नेलाई कारबाही सिफारिस गरिएको आयोगका आयोगका सदस्य विज्ञानराज शर्माले बताए । यद्यपि ककसलाई कस्तो किसिमको कारबाही सिफारिस भएको भन्ने उनले खुलाएनन्। ‘२३ र...