नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीति निर्माण तहमा महिलालाई ल्याउन आवश्यक भएको बताएकी छिन् । एक सय सोह्रौं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले समाजमा पछि परेका, विकासको मूलधारबाट वञ्चित महिला बढी प्रताडित हुनुपरेको बताइन् । प्रधानमन्त्रीले भनिन्, 'विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका महिला तथा सीमान्तकृत समुदायका महिलाको आवाज राज्यका नीति निर्माण तहसम्म पुर्‍याउन अपरिहार्य भएको छ ।' दलित, मधेश, कर्णालीलगायत सीमान्तकृत महिलाका अवस्थामा...