पूरै दस्तावेज सम्भव नभए निचोड भए पनि सार्वजनिक गर्छौं- प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न बनेको आयोगको पूरै प्रतिवेदन तत्काल सार्वजनिक गर्न नसकिए पनि निचोड भने सार्वजनिक गर्ने बताएकी छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्‌मा पेस गर्ने बताइन् ।  ‘दूधको दूध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ । अब यसको अध्ययन गरी कार्यान्वयनको प्रक्रिया अघि बढ्छ’, प्रधा...