प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम विजयी भएका छन् । यस क्षेत्रको कूल मत ९५ हजार ३१० मध्ये ३६ हजार ३३ मतका साथ गौतम विजयी भएका छन् । नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८, नेकपा (एमाले)का रामेश्वर रानाले १२ हजार ७८३ मत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पा विजय गौतमले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले चार हजार ५७४ प्राप्त गरेका छन् । त्यसैगरी उज्यालो नेपालका सुरेन्द्र लामाले १० हजार ...