प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लैगिक, अपांगता तथा समावेशीमैत्री नभएको सरोकारवालाले बताएका छन् । महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी)को नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ । ‘निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार काम भएको थिएन र मतदान केन्द्रका बारेमा विश्लेषण हुन जरुरी छ’, सार्वजनिक प्रतिवेदनमा भनिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को लैगिक, अपांगता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणक...