प्रतिनिधिसभा निर्वाचन इतिहासकै व्यवस्थित र शान्तिपूर्ण : आईजीपी कार्की

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को तुलनामा २०८२ को निर्वाचन शान्तिपूर्ण रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आपसी समन्वयमा सुरक्षा निकायको परिचालनले निर्वाचन शान्तिपूर्ण रहेको प्रहरीको भनाइ छ । हालै सम्पन्न निर्वाचनमा सुरक्षा अवस्था, झडपका घटना, मानवीय क्षति, मतदान व्यवस्थापन र समग्र निर्वाचन प्रक्रिया सञ्चालनका दृष्टिले उल्लेखनीय सुधार देखिएको प्रहरी महानिरीक्षक दानबहादुर कार्की बताउँछन् । २०७९ को निर्वाचनमा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच थुप्रै झडपका घटनाहरू भएका थिए, जसका कारण कतिपय...