यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । १६५ क्षेत्रमध्ये दिउँसो २ बजेर ५० मिनेटसम्म १५१ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा ११७ सीटसहित रास्वपा पहिलो नम्बरमा छ । रास्वपाले ८ सीटमा अग्रता लिइरहेको छ । दोस्रोमा रहेको कांग्रेसले १७ सीटमा जित हासिल गरेको छ । जारी मतगणनामा कांग्रेसको अग्रता कहीँ पनि छैन । यस्तै, तेस्रोमा रहेको एमालेले ७ सीटमा जित हासिल गरेको छ भने ३ क्षेत्रमा अग्रता लिइरहेको छ । चौथोमा रहेको नेकपाले ६ क्षेत्रमा जित निकालेर २ क्षेत्रमा अग्रता...