सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल विजयी भएका छन् । उनी २१ हजार ६९९ मत प्राप्त गर्दै विजयी बनेका निर्वाचन आयोगले जनाएको छ । आयोगको अन्तिम मतगणना परिणामअनुसार नेपाली कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६, नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर उभार ल्याउँदा सिन्धुपाल्चोकमा झलककुमार श्रेष्ठ भने १४ हजार १९ मत प्राप्त गर्दै चौथोमा सीमित बनेका...