पूर्वमुख्यमन्त्री शेरधनलाई हराउँदै भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज विजयी

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार ध्रुवराजले १६ हजार ६६३ मत ल्याउँदा एमाले उम्मेदवार शेरधनले १४ हजार ७५० मत प्राप्त गरे । तेस्रोमा रहेका नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत पाए । चौथो नम्बरमा रहेका रास्वपाका रमेश प्रसाद ओझाले ६ हजार १०२ प्राप्त गरे ।  यससँगै श्रम संस्कृति पार्टीको जित संख्या ३ पुगेको छ ।