आईसीसीमाथि खनिए वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी, पक्षपातको आरोप

आईसीसी टी–२० विश्वकपको फाइनल खेल आइतबार साँझ हुँदैछ । फाइनलमा आयोजक भारतले न्युजिल्यान्डको सामना गर्दैछ । विश्वकप जारी रहँदा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी र पदाधिकारीहरूले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पक्षपातको आरोप लगाएका छन् । उनीहरूले आईसीसीले विश्वकप खेल्ने टोलीहरूलाई भेदभाव गरेको आरोप लगाएका हुन् । मध्य–पूर्वमा जारी युद्धका कारण वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी स्वदेश फर्कन पाएका छैनन् । उपाधि होडबाट बाहिरिएका यी दुवै टोलीका खेलाडी अहिले पनि भारतमै छन् । तर...