महोत्तरी ३ मा रास्वपाका झा विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उज्ज्जवलकुमार झा ३२ हजार ४५१ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ र स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिए । जिल्लामा १५ राजनीतिक दल र २६ स्वतन्त्र गरी ४१ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो । यो क्षेत्रमा नेपाली कांग्रेसका बजरङ्ग नेपालीले चार हजार ३४२ र जनता समाजवा...