‘म्यागासेसे’को संसद् यात्रा...

सामाजिक अभियन्ताको पहिचान बनाएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुन गत माघ ४ गते पदबाट राजीनामा दिएर जन्मथलोमा चुनाव लड्न आएका थिए ।  अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट विसं २०४९ मा स्नातकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका&...