निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल ७९ लाख २३ हजार ९०० मतगणना सम्पन्न गरेको छ। पछिल्लो मतपरिणामअनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३८ लाख २८ हजार ५५९ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको छ। रास्वपाको यो मत दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसको तुलनामा झण्डै तीन गुणा बढी हो। नेपाली काँग्रेसले १२ लाख ९१ हजार ६९६ मतका साथ दोस्रो स्थानमा चित्त बुझाएको छ भने नेकपा (एमाले) १० लाख ९० हजार ७४५ मतसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टीले ५ लाख...