काभ्रेका ३५ उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो । जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १० मतसमेत कटाउन सकेनन् । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यद्यपि जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काभ्रे–१ मा १८ उम्मेदवारमध्ये १४ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनि...