देशभरबाट निर्वाचित भए रास्वपाका १२४ उम्मेदवार (सूचीसहित)

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ चमत्कारिक जित हासिल गरेको छ। घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको रास्वपाले १२४ सिटमा जित निकाल्न सफल भएको हो। कोशी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म चलेको रास्वपाको लहरले पुराना र स्थापित राजनीतिक दलहरूलाई स्तब्ध पारेको छ। झापा, मोरङ, सुनसरी, काठमाडौँ, चितवन र रूपन्देही जस्ता मुख्य सहरहरूमा रास्वपाले अत्यधिक मतका साथ क्लिन स्वीप गरेको छ।  झापा निर्वाचन क्षेत्र नं. ५ मा वालेन्द्र शाहले ६८ हजारभन्दा बढी मत ल्या...