काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी रहँदा केही राजनीतिक दलहरू 'थ्रेस होल्ड' कटाउन संघर्षरत छन्। झण्डै ८० लाख मतगणना सम्पन्न भइसक्दा निर्वाचन ऐनअनुसार सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने प्रावधानले साना र नयाँ दलहरूलाई दबाबमा पारेको छ। १ करोड भन्दा बढी मतमध्ये हालसम्म ७९ लाख ८९ हजार ८७७ मतगणना भइसकेको छ। यो तथ्याङ्कलाई आधार मान्दा राष्ट्रिय पार्टीको मान्यता पाउन (थ्रेस होल्ड कटाउन) कुनै पनि दलले कम्तीमा ३ लाख १७ हजारको हाराहारीमा मत ल्याउनुपर्ने देखिन्छ। पछिल्लो परिणाम अनुसार रवि लामि...