इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी को हुन्?

अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता निर्वाचित भएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, ८८ सदस्यीय धार्मिक निकाय 'विशेषज्ञ सभा' (Assembly of Experts) ले उनलाई देशको नयाँ नेताका रूपमा चयन गरेको हो। यो सभासँग सर्वोच्च नेता छान्ने विशेष जिम्मेवारी हुन्छ। सरकारी टेलिभिजनमा एक प्रस्तोताले सभाको विज्ञप्ति वाचन गर्दै भने, "गम्भीर युद्धको अवस्था, शत्रुहरूको प्रत्यक्ष धम्की र विशेषज्ञ सभाको सचिवालयमा भएको बम विष्फोटका बाबजुद नेतृत्व चयनको प्रक्रिया रोकिएन। उक्त विष्फोटमा धेरै कर्मचारी...