विश्व मिर्गौला दिवस : नेपाल मेडिकल कलेजमा स्वास्थ्य सचेतना कार्यक्रम

विश्व मिर्गौला दिवसको अवसरमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ । मिर्गौला रोगको जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा कलेजका अस्पताल निर्देशक प्राडा निलमणि उपाध्यायले जथाभावी औषधि सेवन गर्दा मिर्गौलामा गम्भीर असर पर्न सक्ने बताए । उनले चिकित्सकको परामर्शविना औषधि सेवन नगर्न सबैलाई आग्रह गर्दै स्वस्थ जीवनशैली अपनाउन, पर्याप्त पानी पिउन, नियमित स्वास्थ्य परीक्षण गराउन तथा मिर्गौला स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिए । कार्यक्रमका क्रममा नर्सिङ स्टाफहरूले मिर्...