४६.७८ अङ्कले घट्यो नेप्से, १३ अर्ब १८ करोडको कारोबार

सोमबार एकै दिन ६ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) निरन्तर ओरालो झरेको छ । सोमबार १६२ अङ्कले बढेको नेप्से परिसूचक बुधबार ४६.७८ अङ्कले घटेर २७९६.५७ को विन्दुमा कायम भएको हो ।  यस साताको पहिलो कारोबारका दिन सोमबार उच्च अङ्कले बढेको बजार मंगलबारदेखि ओरालो झरिरहेको छ । मंगलबार नेप्से परिसूचक ३२.०८ अङ्कले घटेर बन्द भएको थियो । आज बुधबार ४६.७८ अङ्कले घटेको छ ।  आज बजारमा ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयरको खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँको कारोबार भएको ...