कहिलेसम्म पानी पर्छ ?

बिहीबार रातिदेखि देशका विभिन्न स्थानमा वर्षा भैरहेको छ । गएराति पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो ।  राति कास्की, लमजुङ, तनहुँ, चितवन, इलाम, संखुवासभालगायत ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा हावाहुरी, असिना र चट्याङसहित पानी परेको हो ।  आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागलगायत अरू प्रदेशका हिमाली भूभागका थोरै ठाउँ तथा कोशीको तराईलगायत कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एकदुई ठाउँमा मेघग...