धुलिखेल–खावा सडकखण्ड : दुई साता राति यातायात बन्द गरेर स्तरोन्नतिको काम गरिने

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड कालोपत्र (पक्की) गर्न चैत महिनामा दुई हप्ताका लागि राति यातायात बन्द गरिने भएको छ। निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको यो सडक विस्तारका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि अहिले कामले तीव्रता पाएको हो। सडक कालोपत्र गर्न चैत ७ गतेदेखि २० गतेसम्म राति यातायातका साधन पूर्ण रूपमा बन्द गरेर काम गर्ने तयारी गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै उक्त अवधिमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ। सडक ड...