'म तपाईंजस्तो आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने चरम अवसरवादी पात्र होइन'

नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता शेरबहादुर तामाङप्रति कडा कटाक्ष गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बास्कोटाले आफू तामाङजस्तो चरम अवसरवादी पात्र नभएको बताएका हुन् ।  उनले तामाङलाई आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन,पटक-पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्रको संज्ञा दिएका छन् । 'भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाई लगेछन्,' बास्कोटाले लेखेका छन्, &...