क्षेप्यास्त्र प्रतिरोधको भिडियो खिचेकोको आरोपमा यूएईमा दर्जनौँ पक्राउ

 संयुक्त अरब इमिरेट्स (यूएई) ले देशको वायु रक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्र विफल पारेको दृश्य खिच्ने र सामाजिक सञ्जालमा सार्वजनिक गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही सुरु गरेको छ।  सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षा प्रणालीले हवाई आक्रमण रोक्दै गरेका वास्तविक दृश्यका साथै आर्टिफिसियल इन्टेलिजेन्स  प्रयोग गरी बनाइएका भ्रमपूर्ण भिडियोहरू फैलाएको आरोपमा १० जनालाई पक्राउ गरिएको छ।  उनीहरूलाई तत्काल सुनुवाइका लागि 'द्रुत ट्रायल' मा पठाइएको छ। यसैगरी, अबुधाबी प्रहरीले आक्रमणका क्रममा भिडियो खि...