अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का प्रमुख नेताहरूबारे जानकारी दिनेलाई १० मिलियन डलरसम्मको इनाम घोषणा गरेको छ। अमेरिकी विदेश विभागले जारी गरेको सूचनामा जम्मा १० जनाको नाम उल्लेख गरिएको छ, यद्यपि छ जनाको मात्र नाम र तस्वीर सार्वजनिक गरिएको छ। यसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी समावेश छन्। अली लारिजानीलाई पहिले इरानमा सरकार समर्थक र्यालीमा देखिएको थियो । अमेरिकाले यी व्यक्तिहरूले आईआरजीसीका सैन्य एकाइहरूको विभि...