मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना

सोमबार देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको र बाँक...