इरानमा जारी युद्ध तेस्रो सातामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ । अमेरिकी प्रशासनले युद्ध अझ केही हप्ता लम्बिन सक्ने संकेत दिएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल ट्यांकरहरूको आवतजावत पुनः सञ्चालन गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेपछि तेलको मूल्य उकालो लागेको हो । विश्व बजारको मानक मानिने ब्रेन्ट क्रुडको मूल्य आइतबार साँझ २.९ प्रतिशतले बढेर प्रतिब्यारेल करिब १०६.१२ डलर पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्य पनि २.६ प्रतिशतले बढेर...