नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । यससँगै आजदेखि पेट्रोल १५ रुपैयाँ महँगोमा कारोबार भएको छ । यस्तै डिलेल १० रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले मूल्य वृद्धि गरेको हो । मूल्य वृद्धि भएसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १७२ रुपैयाँ र डिजेलको १५२ रुपैयाँ पुगेको छ ।