अटम डुराल्ड बनिन् छायांकन विधामा अस्कर अवार्ड जित्ने पहिलो महिला

लस एन्जलस । फिल्म ‘सिनर्स’ की छायांकन निर्देशक (डीपी) अटम डुराल्ड अर्कापाउले अस्कर इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन् । उनी उत्कृष्ट छायांकन (सिनेमाटोग्राफी)तर्फ अस्कर जित्ने पहिलो महिला बनेकी हुन् । फिलिपिनो र अफ्रिकन-अमेरिकन क्रियोल मूलकी अर्कापाउ यो अवार्ड जित्ने पहिलो महिला हुन् । यस विधाको इतिहासमा हालसम्म केवल तीन महिलाले मात्र मनोनयन पाएका थिए […]