संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटनापछि आगलागी भएको छ । जसका कारण विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ । दुबई मिडिया अफिसका अनुसार विमानस्थल आसपास ड्रोनसँग सम्बन्धित घटनाबाट आगलागी भएको र त्यसलाई नियन्त्रणमा लिन अधिकारीहरू सक्रिय रूपमा काम गरिरहेका छन् । इरानको राज्य–सम्बद्ध प्रसारक प्रेस टिभीले जनाए अनुसार इरानको मिडिया अपरेसन सेन्टरले दुबईका केही क्षेत्र तथा कतारको राजधानी दोहाका बासिन्दालाई आगामी केही घण्टामा सम्भावित आक्रमण हुन सक्ने चेतावनी दिएको छ । ...