मदिरा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोको अपिल अर्को बेन्चमा सार्न अस्वीकार भएपछि आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल सर्वोच्च अदालत पुगेका छन् । यसअघि दिल्ली उच्च अदालतले न्यायाधीश स्वराणा कान्ता शर्माको एकल बेन्चबाट मुद्दा सार्न केजरीवालले गरेको माग अस्वीकार गरेको थियो । त्यसपछि उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका द इन्डियन एक्सप्रेसले जनाएको छ । साथै उच्च अदालतले मार्च ९ मा गरेको टिप्पणीविरुद्ध पनि उनले अपिल दर्ता गरेको जनाइएको छ । दिल्ली उच्च अदालतका मुख्य न्यायाधीश डी.के. उपाध्यायले ...