हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका-७ नमुना टोल बस्ने वर्ष १८ वर्षीय एनी तामाङ (फेसबुक नाम) र सोही ठाउँका २५ वर्षीय विजय सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका-३ बस्ने ४९ वर्षीय पुरुषलाई उनीहरूले हनि ट्र्यापमा पार्ने कोसिस गरेका थिए । प्रहरीका अनुसार ती पुरुषको एनीसँग सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । एनीले २५ उमेर बताएकी थिइन् । फेसबुकको चिनजानपछि फोनमा समेत कुराकानी हुँदै ...