सिटिजन्स बैंकको कञ्चनबारी शाखामा ५ करोड घोटाला, ५ कर्मचारी निलम्बित

सिटिजन्स बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा करिब ५ करोड रूपैयाँ हिनामिना भएको पाइएको छ । बैंकको आन्तरिक अनुसन्धानले ४ करोड ९१ लाख रूपैयाँ घोटाला भएको पुष्टि गरेपछि मुख्य आरोपीसहित ५ जना कर्मचारीलाई निलम्बन गरिएको छ । बैंकका कर्मचारीहरूले सर्वसाधारणले मुद्दति निक्षेपमा राखेको रकमलाई धितो मानी नक्कली कर्जा फाइल खडा गरेर रकम निकालेको अनुसन्धानबाट खुलेको छ ।  सिटिजन्स बैंकका सूचना अधिकारी नारायण राज अधिकारीले कर्मचारीले घरकै पैसा चलाए जसरी नक्कली कागजात बनाएर अनियमितता गरेको स्वीकार गरेका छन् । लोकान्...