भारत ओडिशाको कटकस्थित एससीबी मेडिकल कलेज र अस्पतालको आईसीयूमा भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ भने ११ कर्मचारी घाइते भएका छन् । अधिकारीहरूका अनुसार आगो सोमबार बिहान करिब २:३०–३:०० बजेबीच लागेको हो । आगो ट्रमा केयर विभागको आईसीयूबाट शुरू भएको थियो । त्यहाँ गम्भीर अवस्थामा उपचाररत बिरामी थिए । आगोको खबर पाएलगत्तै दमकल टोलीले उद्धार अभियान सञ्चालन गरी आगो नियन्त्रणमा ल्याएको थियो । उद्धार प्रयासका क्रममा ११ जना कर्मचारी घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...