माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिन वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ । भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिन वर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङ्गल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलव ४४ हेक्टर रहेकोमा १२ हजार ९७५ दशमलव ७५ हेक्टर जङ्गलले ओगटेको छ । यस्तै, ६ हजार ५३५ दशमलव ०७ हेक्टर कृषियोग्य रहेको छ । उनका अनुसार स...