माडी नगरपालिकाले गर्‍यो भूमि वर्गीकरण, यसरी छुट्ट्याइयो जग्गा

माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिन वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ ।  भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिन वर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङ्गल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलव  ४४ हेक्टर रहेकोमा १२ हजार ९७५ दशमलव  ७५ हेक्टर जङ्गलले ओगटेको छ ।  यस्तै, ६ हजार ५३५ दशमलव  ०७ हेक्टर कृषियोग्य रहेको छ । उनका अनुसार स...