अर्घाखाँचीमा वन डढेलो नियन्त्रण दस्ता नियुक्त

२ चैत, अर्घाखाँची । अर्घाखाँची जिल्लामा वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२’को ‍औपचारिक शुभारम्भ गरिएको छ । वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिए । सप्ताहको अवसरमा वन […]