राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको रिट न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र सारंगा सुवेदीले सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठ्दा न्यायाधीशद्वयले इजलासमै विभिन्न कारण प्रस्तुत गर्दै आफूहरूको स्वार्थ नबाझिने प्रस्ट पारेका छन् । रविमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा न्यायाधीशद्वय पोखरेल र सुवेदीले आफूहरूले सुनुवाइ गर्न मिल्ने प्रस्ट पारेका हुन् । बहसको प्रारम्भमै आइतबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्...