जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका छन् । राउतले आफूले व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार बेहोरेको बताएका छन् । तर दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ । राउतले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनतामाझ जान रोक लगाएपछि पार्ट...