रुपन्देहीबाट समानुपातिकमा परेका रास्वपाका ५ सांसद को हुन् ?

रुपन्देहीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५ जना समानुपातिक सांसद बनेका छन् ।  समानुपातिकमा रास्वपाले पाएका ५७ सिटमध्ये रुपन्देहीबाट मात्रै ५ जना परेका छन् । अर्को संयोग पाँचै जना महिला परेका छन् । रास्वपाले रुपन्देहीमा प्रत्यक्षतर्फ ५ वटै क्षेत्र जितेर ‘क्लिन स्विप’ गरेको थियो । समानुपातिकमा पनि ५ सांसद छानिएसँगै रुपन्देहीबाट मात्रै रास्वपाका १० जनाको संघीय संसद्‌मा प्रतिनिधित्व हुने भएको हो ।  समानुपातिकको खस आर्यतर्फ श्रद्धा कुँवर, मञ्जु भुसाल र ज्ञानु पौड्याल सिफारिस भएका छन । कुँवर...