फागुन २१ गतेको चुनावमा झण्डै दुईतिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनको गृहकार्य गरिरहेको छ । वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने घोषणा गरेर चुनावमा गएको रास्वपाले उनलाई संसदीय दलको नेता बनाउन विधान संशोधनको तयारी पनि गरिरहेको छ । नवलपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित रास्वपा सांसद राजन गौतम एक हप्तामा बालेन प्रधानमन्त्री बन्ने र त्यसपछि जनतामा आशा जगाउने खालका काम शुरू गर्ने बताउँछन् । पुराना संसदवादी दलले पटक–पटक अवसर पाएर पनि काम नगरेकाले यसपटक...